Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

Principals Association of Nepal

शिक्षा र समृद्धि: सामुदायिक विद्यालयहरुको उज्वलता

विद्यालयहरु बिच निरन्तर सिकाई ,सहकार्य, प्रभावकारी नेतृत्व ,वकालत र शैक्षिक उत्कृष्टतालाई बढावा दिने उद्देश्यका साथ स्थापित सामुदायिक विद्यालयहरुमा कार्यरत प्रधानाध्यापकहरुको गैर राजनीतिक र गैर नाफा मुलक संस्था प्रीन्सिपल्स एसोसिएसन् अफ नेपाल (PAN) ले  विभिन्न जिल्लाका तिस भन्दा बढी प्रधानाध्यापकहरुको उपस्तिथिमा UNDRR र WeaRE को Team सहित  विद्यालयको सर्वाङगिण विकासका लागि  भव्य  छलफल कार्यक्रम शान्ति शिक्षा मन्दिर ठहिटि काठ्माण्डाेैँमा  सम्पन्न गरेको छ । PAN का अध्यक्ष सुदाम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिहरु काठ्माण्डाैँ महानगरपालिकाका नगर योजना आयोगका सदस्य शैलेन्द्र झाले नगरको विकास  योजना बारे प्रस्तुति गर्नुभएको थियो ।WeaRe का कार्यक्रम निर्देशक ग्यारी डे ला पोलमिराई,ईन्चेन महानगरपालिका गणतन्त्र कोरियाका  प्रशासनिक अधिकारी सियोङमी डाे, बुईन आधारभुत विद्यालयका प्रधानाध्यापक ह्युनगुन किम लगायत उहाँका टिमले विद्यालयलाई विपतबाट कसरी बचाउने र ग्रीन स्कुल र सेफटि स्कुल बारेमा आ-आफ्नो प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्य श्री ज्ञानु खड्का, WeaRe का अध्यक्ष राम प्रसाद सुबेदी, कार्यशालाबाट पुजा खनाल र उज्वल श्रेष्ठ लगायत विशेष अतिथिहरुको उपस्तिथि रहेको थियो । PAN संस्थाको तर्फबाट PAN का बोर्ड सदस्य बेग बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने PAN संस्थाको लक्ष्य ,उद्देश्य र योजनाका  बारेमा संस्थाका महासचिव लक्ष्मण श्रेष्ठले प्रस्तुति दिनुभएको थियो । अन्तमा सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो र धन्यवाद संस्थाका अध्यक्ष सुदाम गौतमले दिनुभएको थियो