











आज प्रधानाध्यापक संघ, नेपाल (PAN) महानगर समिति, काठमाडौँको आयोजनामा एक महत्त्वपूर्ण अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
पद्मोदय माध्यमिक विद्यालयमा आयोजित उक्त विशेष कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, प्रशासक र नेतृत्वदायी व्यक्तित्वहरूको व्यापक उपस्थिति रहेको थियो।
प्रमुख अतिथि:
• डा. सामन्तमणि आचार्य (एकाइ प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइ – EDCU, काठमाडौँ)
अतिथि तथा वक्ताहरू:
• सुदाम गौतम (अध्यक्ष, PAN)
• हेरम्बराज काँडेल (वरिष्ठ उपाध्यक्ष, PAN)
• लक्ष्मण श्रेष्ठ (महासचिव, PAN) , रीता तिवारी ( कोषाध्यक्ष)
• इन्द्र दाहाल (शिक्षा अधिकृत, काठमाडौँ महानगरपालिका)
• कृष्ण कुमार श्रेष्ठ (वरिष्ठ अधिकृत, EDCU काठमाडौँ) • राम प्रसाद सूबेदी पुर्ब शिक्षा अधिकारी कामपा •शिक्षा सेवा पुर्बकर्मचारी समाज केन्द्रीय सचिब दामोदर रेग्मी , •नेपाल शिक्षक महासंघ अध्यक्ष कामपा राजेन्द्र अधिकारी लगायत विभिन्न संघ संगठनका प्रतिनिधिहरु
कार्यक्रममा काठमाडौँ महानगरभित्रका १५० भन्दा बढी प्रधानाध्यापक र शिक्षाविद्हरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले महानगरको सामुदायिक शिक्षालाई थप गुणस्तरीय बनाउन पारदर्शी प्रशासन, सुदृढ विद्यालय र वैज्ञानिक दरबन्दी मिलान नै आजको आवश्यकता रहेकोमा जोड दिनुभयो।
“शिक्षित, सशक्त र उत्कृष्ट: नेपालका प्रधानाध्यापकहरू नेतृत्व गर्दै” भन्ने मूल मर्मका साथ सम्पन्न यस कार्यक्रमले काठमाडौँको शैक्षिक विकासमा नयाँ उर्जा थप्ने विश्वास लिएका छौँ।
सहयोगी संस्थाहरू MIDAS Education र Teacher’s Co-pilot लाई पनि उहाँहरूको प्राविधिक साथका लागि धन्यवाद ज्ञापन गर्दछौँ।