Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

Principals Association of Nepal

Principal Association of Nepal ले सामुदायिक विद्यालयबाट SEE मा उत्कृष्ट नतिजा ल्याएका ५ विद्यालयलाई सम्मान गरेको छ

Principal Association of Nepal ले सामुदायिक विद्यालयबाट SEE मा उत्कृष्ट नतिजा ल्याएका ५ विद्यालयलाई सम्मान गरेको छ । जसमा त्रिपुरेश्वरस्थित विश्व निकेतन मावि, बाफलस्थित ज्ञानोदय मावि, कुमारीगालस्थित श्रम राष्ट्रिय मावि, ललितपुरस्थित त्रिपद्म विद्याश्रम र भक्तपुरस्थित मेधा मावि रहेका छन् ।
यी मध्ये विश्व निकेतन माविका ४ र ज्ञानोदय माविका ३ विद्यार्थीले SEE 2080 मा 4 GPA ल्याएका थिए ।

साथै “ SEE 2080 को नतीजा तथा सुधारका पक्षहरु” विषयक Pannel Discussion मा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा ज्यू, प्रा. डा.बिधानाथ कोइराला ज्यू,अभिभावक महासंघका अध्यक्ष सु- प्रभात भण्डारी ज्यू, शिक्षा पत्रकार प्रकृति अधिकारी ज्यू, काठमाडौं महानगर, शहरी बिकास आयोग सदस्य शैलेन्द्र झा ज्यू,पद्मकन्या बिधाश्रम मा. बि.डिल्लीबजार काठमाडौंका प्रधानाध्यापक तथा PAN CCM रीता तिवारीज्यू लगायतका आदरणीय ब्यक्तित्वहरूले आ- आफ्नो धारणा राख्नुभएको थियो ।
सम्मानित हुने बिधालयका प्र. अ. ज्यू लगायत बिधालय परिवारलाई हार्दिक बधाई ।

News Links

https://bidharthi.com/content/3053

https://himalayapress.com/?p=10565

https://www.ratopati.com/story/436755/the-board-was-not-given-any-notice-while-amending-the-letter-grading-guidelines-chairman-sharma