Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

PAN LMS

PAN District Education Conclave–2082: सामुदायिक शिक्षा प्रवर्द्धनमा नेतृत्व र सहकार्यको उदाहरण

बाडेगाउँ, ललितपुर – “समान अवसर र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सामुदायिक विद्यालय सशक्तिकरण” भन्ने मूल नारासहित PAN District Education Conclave–2082 बुद्ध माध्यमिक विद्यालय, बाडेगाउँ, गोदावरी, ललितपुरमा भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रमको सफलतामा PAN ललितपुर टीमको व्यवस्थापन, समर्पण र सहकार्यले विशेष योगदान पुर्‍याएको थियो। यसले Conclave लाई अझ प्रभावकारी, सहज र प्रेरणादायी बनाएको छ।

प्रमुख प्रस्तुतीकरण

चन्द्रप्रकाश मैनाली, PAN बागमती प्रदेश अध्यक्ष, ले “जिल्लामा सामुदायिक शिक्षा: चुनौती, अवसर र उत्कृष्ट अभ्यासहरू” विषयमा प्रस्तुति दिनुभयो। उहाँले उपत्यका जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक अवस्था, चुनौतीहरू, उपलब्ध अवसरहरू र उत्कृष्ट अभ्यासहरू प्रस्तुत गर्दै प्रभावकारी सिफारिसहरू साझा गर्नुभयो।

प्यानल छलफल

“गुणस्तरीय शिक्षाका लागि साझेदारी: भूमिका र जिम्मेवारीहरू” विषयमा PAN स-कोषाध्यक्ष हिमाल केसीको moderation मा प्यानल छलफल सम्पन्न भयो। प्यानलमा सहभागीहरू:

• हरम्बराज कंडेल – PAN वरिष्ठ उपाध्यक्ष तथा प्रधानाध्यापक, विश्वनिकेतन माध्यमिक विद्यालय

• मनबहादुर खड्का – प्रमुख प्रशासकीय अधिकृत, गोदावरी नगरपालिका

• मिथराम अधिकारी – नगर प्रमुख, बुढानीलकण्ठ नगरपालिका

• सुरेश बज्राचार्य – अध्यक्ष, बुद्ध माध्यमिक विद्यालय

• कमला ज्ञवाली – प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई, भक्तपुर

प्यानलले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक सहकार्य र जिम्मेवारीहरूको गहन विश्लेषण गर्दै व्यवहारिक रणनीतिहरू प्रस्तुत गरे।

मुख्य अतिथि सम्बोधन

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) का महानिर्देशक श्री कृष्णप्रसाद काप्रीले आगामी शिक्षा नीति र निर्देशनहरूबारे सम्बोधन गर्दै PAN को दीर्घकालीन योगदानको प्रशंसा गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न CHARD सँग सहकार्य गर्न प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको सफलताका लागि शुभकामना दिनुभयो।

Conclave को महत्व

PAN ले पहिलो चरणमा १२ जिल्लामा Edu Conclave सम्पन्न गरेको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा आयोजना भएका कार्यक्रमले सामुदायिक विद्यालयहरूमा समान अवसर र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नेतृत्व, सहकार्य र अनुभव आदानप्रदानमा महत्वपूर्ण भूमिका खेलेको छ।

कार्यक्रममा गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी, JICA टोकियोका डा. केइको मिजुनो, बेसिक एजुकेशन ग्रुप JICA टोकियोका मिस मोइ सुजुकी, JICA नेपाल अफिसका एजुकेशन एडभाइजर इपे सिमेजु लगायतको उपस्थिति रहेको थियो। उनीहरूले “Godawari Municipality र JICA को सहकार्यमार्फत बालबालिकाको सिकाइ सुधार” सम्बन्धी प्रस्तुति प्रस्तुत गर्नुभयो।

कार्यक्रममा वरिष्ठ विद्यालय निरीक्षक, वडा अध्यक्ष, PAN का पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी, र शिक्षा पत्रकारहरूको उल्लेखनीय सहभागिता रह्यो। कक्षा ४ का विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरी Conclave मा उत्साह थपे।

निष्कर्ष

PAN District Education Conclave–2082 ले नेतृत्व, सहकार्य र सिकाइ (Leading, Linking, Learning) मार्फत सामुदायिक विद्यालयको सशक्तिकरण र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको छ। PAN ललितपुर र सम्पूर्ण PAN टीमको उत्कृष्ट व्यवस्थापन र सहयोगले शिक्षा क्षेत्रमा नयाँ दिशा र प्रेरणा प्रदान गरेको छ।