आज Principals Association of Nepal (PAN) केन्द्रीय समितिद्वारा आयोजित शुभकामना आदानप्रदान तथा प्रधानाध्यापक सम्मान कार्यक्रम पद्माकन्या बिद्याश्रम डिल्लीबजारमा सफलता पूर्वक सम्पन्न भएको छ !
यस कार्यक्रममा शिक्षा नियमावली अनुसार ५ बर्षे पूर्णकालीन सम्पूर्ण प्रधानाध्यापकज्यूहरूलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी शैक्षिक नेतृत्व, सहकार्य र साझेदारीमार्फत राष्ट्रको शिक्षाक्षेत्रलाई उचाइमा पु¥याउन निरन्तर प्रेरणा मिल्ने विश्वास लिएका छौं ।
सबै महानुभावहरूमा विजयादशमी, शुभदिपावली, नेपाल संवत् ११४६ तथा छठ पर्व २०८२ को पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।







