Principal Association of Nepal (PAN) को आयोजनामा काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय सम्मेलनको पहिलो दिन एक विशेष सम्मान समारोह सम्पन्न भएको थियो। सम्मेलनमा देशभरका सातै प्रदेशका उत्कृष्ट आधारभूत तह तथा माध्यमिक तहका प्रधानाध्यापकहरूलाई नगद राशिसहित सम्मान गरिएको छ।
यो समारोह शिक्षा क्षेत्रमा समर्पित, निष्ठावान र सिर्जनशील नेतृत्व प्रदान गर्ने विद्यालय प्रमुखहरूलाई राष्ट्रिय तहमा पहिचान दिलाउने एक महत्वपूर्ण प्रयास थियो। कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्त, PAN का अध्यक्ष सुदाम गौतम, तथा प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्मरबहादुर थापा उपस्थित हुनुहुन्थ्यो।
आदरपूर्वक सम्मानित आधारभूत विद्यालयतर्फका उत्कृष्ट प्रधानाध्यापकहरू:
१. शुक्रबहादुर लिम्बु
जनता राष्ट्रिय आधारभूत विद्यालय, धनकुटा (प्रदेश १)
२. ज्ञानेन्द्र ठाकुर
शारदा आधारभूत विद्यालय, सिरहा (मधेश प्रदेश)
३. मीना कुमारी सेढाई
बनेपा आधारभूत विद्यालय, काभ्रेपलाञ्चोक (बागमती प्रदेश)
४. शोभा पाण्डे
मिर्मी आधारभूत विद्यालय, स्याङ्जा (गण्डकी प्रदेश)
५. सृजना पण्डित
छेडापोखरा आधारभूत विद्यालय, प्युठान (लुम्बिनी प्रदेश)
६. ठाकुरनाथ शर्मा
कालिका आधारभूत विद्यालय, जाजरकोट (कर्णाली प्रदेश)
७. ललित बहादुर कठायत
ईश्वर आधारभूत विद्यालय, बझाङ (सुदूरपश्चिम प्रदेश)
गौरवका साथ सम्मानित माध्यमिक विद्यालयतर्फका उत्कृष्ट प्रधानाध्यापकहरू:
१. सन्तोष पोखरेल
आदर्श मावि, मोरङ (प्रदेश १)
२. विनिता शाह
जलधर कमलदेव नमुना मावि, सर्लाही (मधेश प्रदेश)
३. हेरम्बराज कँडेल
विश्व निकेतन मावि, काठमाडौं (बागमती प्रदेश)
४. सन्तोष आचार्य
माछापुछ्रे मावि, कास्की (गण्डकी प्रदेश)
५. शंकर अर्याल
ज्योति मावि, अर्घाखाँची (लुम्बिनी प्रदेश)
६. भुपाल साहु
जीवन ज्योति मावि, सल्यान (कर्णाली प्रदेश)
७. देवेन्द्र शाह
सूर्यचन्द्र मावि, अछाम (सुदूरपश्चिम प्रदेश)
प्रत्येक प्रदेशबाट छानिएका उत्कृष्ट आधारभूत विद्यालय प्रधानाध्यापक र उत्कृष्ट माध्यमिक विद्यालय प्रधानाध्यापक लाई समेत प्रमाणपत्र र जनही १०,००० ( दस हज़ार /लक्ष्मिदास मानन्धर स्मृति प्रतिष्ठान र Everest Engeenering College , Sanepa Lalitpur द्वारा प्रायोजित )नगद पुरस्कारद्वारा सम्मानित गरिएको थियो।
सम्मेलनको उद्देश्य र प्रभाव
PAN को दोस्रो राष्ट्रिय सम्मेलनले शिक्षा क्षेत्रमा उत्कृष्टता प्रवर्द्धन गर्नुका साथै शिक्षाकर्मिहरूको नेतृत्वदायी भूमिकाको कदर गर्ने उद्देश्य राखेको छ। सम्मानित पालिका /बिद्यालय/प्रधानाध्यापकहरू विद्यालय रूपान्तरण, समावेशी शिक्षा प्रवर्द्धन, स्थानीय शैक्षिक नेतृत्व विकास, र समुदाय-संलग्न शिक्षण अभ्यासमा प्रेरणादायी कार्य गर्दै आएका छन्।
⸻
PAN परिवारको तर्फबाट सम्पूर्ण सम्मानित प्रधानाध्यापकहरू, विद्यालयहरू, तथा पालिकाहरूलाई हार्दिक बधाई तथा शुभकामना!
शिक्षामा नेतृत्वको सम्मान, समृद्ध राष्ट्र निर्माणतर्फको हाम्रो साझा अभियान। 🇳🇵📚🏆







