Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

PAN LMS

Principals Association of Nepal Award 2082 – Application Form (Best Municipality)

उत्कृष्ट स्थानीय तह (पालिका) छनौटका आधारहरू

उत्कृष्ट स्थानीय तह (पालिका) छनोटका आधार

फाराम भर्ने तरिका: तलका प्रत्येक प्रश्नमा स्थानीय तह (पालिका) को स्व/मूल्याङ्कन गरी सर्वोत्कृष्ट (४), उत्कृष्ट (३), सामान्य (२) र निम्न (१) अंक दिइनेछ।
(कैफियत महत्त्वपूर्ण भए अंक दिइएकोसँगै त्यसको पुष्ट्याइँ समेत लेख्नुहोस्।)

१. पालिकाको समग्र शैक्षिक स्थिति
२. पालिकाले आफ्नो बजेटमध्ये शिक्षा क्षेत्रमा छुट्याएको बजेट प्रतिशत
३. सीपमूलक शिक्षा / गरिखाने सीप सिकाउने पालिकाको कार्यक्रम
४. अनौपचारिक शिक्षा, बाल शिक्षा,ईसीडी व्यवस्थापन, अभिभावक शिक्षा, सचेतना आदि कार्यक्रम
५. पालिकाले वडामा सामुदायिक पुस्तकालय, खेलकुद, बालउद्यान आदिको व्यवस्था
६. पालिकाले शिक्षा क्षेत्रमा नयाँ सिर्जनात्मक काम (विद्यार्थी बचत खाता, शिक्षक बैंक,बिमा,शिक्षामा सिप आदि)
७. आर्थिक रूपमा विपन्न अभिभावकहरूलाई आय आर्जनका लागि कार्यक्रम संचालन
८. विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी सन्तुष्टि
(सम्बन्धितसँग बुझी उनीहरूको प्रतिक्रियाको आधारमा मूल्याङ्कन गर्ने)
९. विद्यार्थी र विद्यालयलाई समुदायमा जोड्ने कार्यक्रम
१०. विद्यालयका ईसीडी शिक्षक तथा कर्मचारीलाई थप तलब भत्ता तथा प्रोत्साहन व्यवस्था
११. विद्यालय बाहिरका बालबालिकालाई आधारभूत तह पूरा गराउन गरिएको व्यवस्था
१२. विद्यालय तथा शिक्षण / सिकाइ अनुगमन व्यवस्था
१३. स्थानीय विषय/मातृभाषाको पाठ्यक्रम र पाठ्यपुस्तक बनाइ लागू गरिएको
१४. विद्यालयहरूमा शिक्षक दरबन्दी मिलान र आवश्यकताको ब्यवस्था, थप शिक्षक आवश्यकता पूरा गर्न केन्द्रीकृत व्यवस्था गरिएको
१५. विद्यालयमा आधुनिक प्रविधिको उपयोग गर्ने पालिकाले गरेको प्रयास
१६. शिक्षकहरूलाई आवधिक रुपमा गर्ने समय समयमा तालिम अभिमुखीकरणको व्यवस्था
१७. साक्षर पालिका घोषणा भएको
१८. दलित, जनजाती, महिला, अपाङ्ग, गरिब, सीमान्तकृत, अल्पसंख्यक, पिछडा वर्गका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउने कार्यक्रम
१९. वडा र पालिकामा आवधिक शैक्षिक योजना निर्माण गरिएको
२०. विद्यालय, अभिभावक, शिक्षक र जनसमुदायको गुनासो व्यवस्थापनको व्यवस्था
२१. शिक्षक विद्यार्थीका असल अभ्यासहरूको संकलन र प्रदर्शन गर्ने गरिएको
२२.विपत् जोखिम न्यूनीकरण सम्बन्धमा विद्यार्थी तथा शिक्षकहरूलाई तालिम/सचेतना कार्यक्रमहरू संचालन
२३. शिक्षक तथा विद्यार्थीलाई अनुसन्धानमुलक काम गर्न प्रोत्साहन गर्ने प्रयास
२४. विद्यालयको भौतिक संरचनालाई नियमित पठनपठनका अतिरिक्त समयमा अन्य उपयोगी काममा पनि प्रयोगमा ल्याउने गरिएको
२५. स्थानीय/परम्परागत (indigenous) ज्ञान, सीप र प्रविधिको खोजी र प्रयोग

माथिको मूल्याङ्कनका आधारमा यो स्थानीय तह पुरस्कृत हुन योग्य कतिको ठान्नुहुन्छ?

सिफारिसकर्ता: